रौतहटका स्वतन्त्र सांसद साह एमालेमा प्रवेश

रौतहट, १९ पुस । रौतहट–२ बाट प्रतिनिधिसभामा निर्वाचित स्वतन्त्र सांसद किरणकुमार साह नेकपा (एमाले)मा प्रवेश गरेका छन् ।

एमाले अध्यक्ष केपी शर्मा ओलीले सोमबार सांसद साहलाई पार्टी प्रवेश गराएका हुन् ।

सांसद साहले रौटहट–२ बाट ३२ हजार आठ सय ४२ मत प्राप्त गरी निर्वाचित भएका थिए ।

कार्यक्रममा उपप्रधान तथा अर्थमन्त्री विष्णुप्रसाद पौडेललगायतको सहभागिता रहेको थियो । साहसंगे एमालेको प्रतिनिधिसभामा सिट संख्या ७९ पुगेको छ ।