सुनको मूल्य प्रतितोला एक लाख तीन हजार एक सय
काठमाडौ,२१ पुस । पछिल्लो समय बजारमा सुनको मूल्य हरेक दिन वृद्धि हुँदै गएको छ । सुनचाँदी बजारमा आज छापावाल सुनको मूल्य प्रतितोला एक लाख तीन हजार एक सय कायम भएको छ ।
अघिल्लो दिन प्रतितोला एक लाख दुई हजार नौ सयमा कारोबार भएको सुनको मूल्य आज प्रतितोला दुई सयले वृद्धि भएको हो ।
नेपाल सुनचाँदी व्यवसायी महासङ्घले सार्वजनिक गरेको विवरण अनुसार आज तेजाबी सुनको मूल्य प्रतितोला एक लाख दुई हजार छ सय छ । यसको मूल्य अघिल्लो दिन एक लाख दुई हजार चार सय कायम भएको थियो ।
महासङ्घले अन्तर्राष्ट्रिय बजारमा हुने सुन तथा चाँदीको कारोबार मूल्यका आधारमा यहाँ दैनिक सुन तथा चाँदीका मूल्य तोक्दै आएको छ ।