घट्यो सुन चाँदीको मूल्य
काठमाडौं,२६ पुस । बजारमा सुन चाँदीको मूल्य घटेको छ ।
आज छापावाल सुनको मूल्य अघिल्लो कारोबारका तुलनामा प्रतितोला चार सयले घटेर एक लाख तीन हजार पाँच सय कायम भएको छ । छापावाल सुनको मूल्य सोमबार प्रतितोला एक लाख तीन हजार नौ सयमा कारोबार भएको थियो ।
नेपाल सुनचाँदी व्यवसायी महासङ्घले सार्वजनिक गरेको विवरणअनुसार आज तेजावी सुनको मूल्य प्रतितोला एक लाख तीन हजार छ । यसको मूल्य अघिल्लो दिन एक लाख तीन हजार चार सय थियो ।
त्यस्तै, सुनसंगै चाँदीको मूल्य पनि घटेको छ । अघिल्लो कारोबार मूल्यका तुलनामा प्रतितोला २५ ले घटेर तोलाको एक हजार तीन सय ६५ तोकिएको महासङ्घले जनाएको छ ।