डलरको खरिददर १५३ रुपैयाँ, अन्य विदेशी मुद्राको विनिमयदर यस्तो छ

काठमाडौँ, ११ असोज । नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर सार्वजनिक गरेको छ। राष्ट्र बैंकका अनुसार अमेरिकी डलर एकको खरिददर १५३ रुपैयाँ १ पैसा र बिक्रीदर १५३ रुपैयाँ ६१ पैसा तोकिएको छ।

युरोपियन युरो एकको खरिददर १७४ रुपैयाँ ३२ पैसा र बिक्रीदर १७५ रुपैयाँ तथा पाउन्ड स्ट्रलिङ एकको खरिददर २०२ रुपैयाँ ६४ पैसा र बिक्रीदर २०३ रुपैयाँ ४३ पैसा कायम गरिएको छ। स्वीस फ्र्याङ्क एकको खरिददर १८४ रुपैयाँ ४६ पैसा र बिक्रीदर १८५ रुपैयाँ १८ पैसा रहेको छ।

अष्ट्रेलियन डलर एकको खरिददर १०७ रुपैयाँ ५५ पैसा र बिक्रीदर १०७ रुपैयाँ ९७ पैसा, क्यानेडियन डलरको १०८ रुपैयाँ १८ पैसा र १०८ रुपैयाँ ६० पैसा तथा सिङ्गापुर डलरको ११९ रुपैयाँ ७३ पैसा र १२० रुपैयाँ २० पैसा निर्धारण गरिएको छ।

जापानी येन १० को खरिददर ९ रुपैयाँ ६८ पैसा र बिक्रीदर ९ रुपैयाँ ७२ पैसा, चिनियाँ युआन एकको २२ रुपैयाँ ७९ पैसा र २२ रुपैयाँ ८८ पैसा, साउदी रियालको ४० रुपैयाँ ७५ पैसा र ४० रुपैयाँ ९१ पैसा तथा कतारी रियालको ४२ रुपैयाँ र ४२ रुपैयाँ १६ पैसा तोकिएको छ।

यस्तै, थाई भाट एकको खरिददर ४ रुपैयाँ ५९ पैसा र बिक्रीदर ४ रुपैयाँ ६० पैसा, युएई दिरामको ४१ रुपैयाँ ६६ पैसा र ४१ रुपैयाँ ८२ पैसा, मलेसियन रिङ्गेटको ३७ रुपैयाँ ५६ पैसा र ३७ रुपैयाँ ७० पैसा तथा दक्षिण कोरियाली वन १०० को ११ रुपैयाँ २९ पैसा र ११ रुपैयाँ ३३ पैसा कायम गरिएको छ।

स्वीडिस क्रोनर एकको खरिददर १५ रुपैयाँ ४४ पैसा र बिक्रीदर १५ रुपैयाँ ५१ पैसा तथा डेनिस क्रोनरको २३ रुपैयाँ ३२ पैसा र २३ रुपैयाँ ४१ पैसा निर्धारण गरिएको छ।

राष्ट्र बैंकका अनुसार हङकङ डलर एकको खरिददर १९ रुपैयाँ ५१ पैसा र बिक्रीदर १९ रुपैयाँ ५८ पैसा छ। कुवेती दिनारको ४९७ रुपैयाँ २७ पैसा र ४९९ रुपैयाँ २२ पैसा, बहराइन दिनारको ४०५ रुपैयाँ ८९ पैसा र ४०७ रुपैयाँ ४८ पैसा तथा ओमनी रियालको ३९७ रुपैयाँ ४२ पैसा र ३९८ रुपैयाँ ९८ पैसा कायम गरिएको छ।

भारतीय रुपैयाँ १०० को खरिददर १६० रुपैयाँ र बिक्रीदर १६० रुपैयाँ १५ पैसा तोकिएको छ।

राष्ट्र बैंकले आवश्यकतानुसार विनिमयदर जुनसुकै समयमा संशोधन गर्न सकिने जनाएको छ। वाणिज्य बैंकहरूले निर्धारण गर्ने विनिमयदर भने फरक हुन सक्ने र अद्यावधिक दर केन्द्रीय बैंकको वेबसाइटमा उपलब्ध हुने राष्ट्र बैंकले जनाएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *