रविलाई प्रधानमन्त्रीकाे जवाफ : अहिले तपाईंलाई केही दिन सक्दिन
काठमाडाैं,२२ माघ । आइतबार बिहान प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई भेट्न बालुवाटार पुग्नुभएका राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने निराश भएर फर्केका छन् ।
गृह मन्त्रालय पाउनैपर्ने अडान राख्नुभएका लािमछानेलाई प्रधानमन्त्री प्रचण्डले अहिले मन्त्री नै बनाउन नसक्ने जवाफ दिनुभएकाे बालुवाटार निकट स्रोतले बताएको छ ।
प्रधानमन्त्री प्रचण्डले नागरिकता मुद्दा किनारा लागे पनि राहदानीको विवाद रहेको भन्दै अहिले मन्त्री बनाउन नसक्ने जवास दिनुभएकाे स्रोतको दावी छ ।
एक पटक गृहबाहेक अर्को मन्त्रालयका विषयमा पनि कुरा भएको तर प्रचण्डले मन्त्री बनाउन नसक्ने बताएपछि रवि रिसाएर बाहिरिएको बताइएकाे छ ।