नेप्से १.५४ अंक बढेर बन्द

काठमाडाैं, २२ माघ । साताको पहिलो कारोबार दिन आइतबार नेप्से १.५४ अंक बढेर बन्द भएकाे छ । आइतबार नेप्से सूचकमा केहि उतारचढाव देखिए पनि अन्तिममा १ अंक मात्रै बढेर बन्द भएको हाे।

यस दिन नेप्से सूचक १.५४ अंकले बढेर २०९६.०९ विन्दुमा पुगेको छ। कारोबार रकम भने २ अर्बभन्दा कम छ। यस दिन १ अर्ब ९३ करोड १७ लाख १९ हजार १०३ रुपैयाँ बराबरको ५२ लाख ६ हजार ३७० कित्ता शेयर कारोबार भएको छ।

आइतबार आदर्श लघुवित्तको शेयरमूल्य १० प्रतिशतले बढ्दा पोखरा फाइनान्सको ८.४९ प्रतिशत, जानकी फाइनान्सको ४.१५ प्रतिशत र चिलिमे हाइड्रोपावरको ४.०८ प्रतिशतले बढेको छ।

त्यस्तै इष्टर्न हाइड्रोपावरको शेयरमूल्य ५.४५ प्रतिशतले घटेको छ भने प्राइम लाइफ इन्स्योरेन्सको ३.८४ प्रतिशत र सयपत्रि हाइड्रोपावरको ३.६३ प्रतिशतले घटेको छ।

यस दिन नेपाल लाइफको सबैभन्द धेरै ६४ करोड ४१ लाख रुपैयाँको शेयर कारोबार भएको छ भने एनआइसि एशिया बैंकको ५ करोड ८५ लाख, नविल बैंकको ५ करोड ७४ लाख रुपैयाँको शेयर कारोबार भएको छ।

आइतबार कारोबारमा आएका १३ उपसमूहमा ८ उपसमूहको सूचक सकारात्मक देखिएको छ भने बाँकी ५ उपसमूहको सूचक नकारात्मक देखिएको छ।