आज सार्वजनिक बिदा : बैंक खोल्न राष्ट्र बैंककाे निर्देशन

काठमाडाैं, १ फागुन । नेपाल सरकारले आज सार्वजनिक बिदा दिएकाे भएपनि नेपाल राष्ट्र बैंकले सबै
खोल्न निर्देशन दिएको छ।

मन्त्रिपरिषदकाे आइतबार बसेकाे बैठकले ‘जनयुद्ध दिवस’ मा देशैभर सार्वजनिक बिदा दिने निर्णय गरेपछि गृह मन्त्रालयले एक सूचना जारी गरि बिदा दिएकाे थियाे ।

बैंकले एक सूचना जारी गर्दै सरकारले ‘जनयुद्ध दिवस’ का अवसरमा बिदा दिएको भए पनि उक्त दिन नगद कारोबार, चेक क्लियरिङ, आरटिजिएसलगायत अत्यावश्यक बैंकिङ सेवा प्रदान गर्न बैंकहरूलाई निर्देशन दिएको छ।

हेर्नुहाेस सूचना

Leave a Reply

Your email address will not be published. Required fields are marked *