नेपालमा पहिलाेपटक दुई संस्थालाई फ्लाइङ स्कुल स्थापनाको अनुमति
काठमाडौं, ३ वैशाख । नेपालमा पनि अबदेखि पाइलट उत्पादन हुनेभएको छ।
नेपालमै पहिलाेपटक पाइलट उत्पादनका लागि दुई फ्लाइङ स्कुलले अनुमति पाएका छन् ।
संस्कृति, पर्यटन तथा नागरिक उड्डयन प्राधिकरणका अनुसार शुभम् एभिएसन प्रालि र चन्द्र सूर्य एभिएसन प्रालिले फ्लाइङ स्कुल स्थापनाको अनुमति पाएका हुन् ।
प्राधिकरणले कार्यविधिमा आवश्यक संशोधन गर्दै दुई फ्लाइङ स्कुललाई अनुमति प्रदान गरिएको हो ।
प्रक्रिया पूरा गरी आउने अन्य संस्थालाई पनि इजाजत प्रदान गरिने प्राधिकरणले जनाएकाे छ ।
नेपालमा पाइलट उत्पादन गर्ने संस्था नहुँदा नेपालीले अहिले फिलिपिन्स, अमेरिकासहितका मुलुकमा गएर पाइलट कोर्ष पूरा गर्ने गर्छन् ।