बल्ल चार दिनपछि न्यून अंकले बढ्यो नेप्से
काठमाडाैं, ६ वैशाख । चारदिन निरन्तर ओरालो लागेको नेप्से, बुधबार भने न्यून अंकले बढेर बन्द भएको छ।
यस दिन नेप्से परिसूचक १५.१३ अंक बढेर १९२०.१२ विन्दुमा पुगेको छ। त्यसैगरी, यस दिन सेन्सेटिभ इण्डेक्स २.८५ अंक बढेको छ ।
यस दिन २७३ स्टकको २३ हजार ५०३ पटकको कारोबारमा ८७ करोड २१ लाख ४१ हजार रुपैयाँ बराबरको २५ लाख ७९ हजार कित्ता शेयर खरिदबिक्री भएको छ।
यस दिन दुई स्टकको शेयर सकारात्मक सर्किट लेभलमा कारोबार भएको छ। यस दिन कालिञ्चोक दर्शन र मोलुङ्ग हाइड्रोपावरको शेयर सकारात्मक सर्किट लेभलमा कारोबार भएको हो।
त्यसैगरी, यस दिन गुराँस लघुवित्त वित्तीय संस्थाको शेयरमूल्य साढे ९ प्रतिशतभन्दा बढी बढेको छ भने सामलिङ पावरको शेयरमूल्य ८ प्रतिशतभन्दा बढी बढेको छ।
कारोबारमा आएको आदर्श लघुवित्तको शेयर भने यस दिन नकारात्मक सर्किट लेभलमा कारोबार भएको छ। कारोबार रकमका आधारमा यस दिन स्वाबलम्बन लघुवित्तको संस्थापक शेयर शीर्ष स्थानमा रहेको छ।
१३ उपसमूहमध्ये यस दिन १२ उपसमूहको परिसूचक बढेको छ भने एक उपसमूहको परिसूचक घटेको छ।