बैतडीमा ७० वर्षीय वृद्धद्वारा एक बालिका बलात्कृत 

बैतडीमा, १४ वैशाख । बैतडीमा एक बालिका बलात्कृत भएकी छन् । उनी ७० वर्षीय वृद्धद्वारा बलात्कृत भएकी हुन् ।

प्रहरीले बालिका बलात्कारको आरोपमा बैतडीकाे पाटन नगरपालिकाका– ७० वर्षीय वृद्धलाई पक्राउ गरेकाे छ ।

पीडित बालिका र आरोपित वृद्धको थर एउटै रहेकाले नाम सार्वजनिक नगरिएको इलाका प्रहरी कार्यालय, पाटनका प्रहरी निरीक्षक कमल चौधरीले जानकारी दिनुभयो ।

गत पुसमै बालिकामाथि बलात्कार भएको भए पनि आरोपित वृद्धले घटनाबारे कसैलाई भने ज्यान मार्ने धम्की दिँदै आएकाले ढिला गरी घटना बाहिरिएको हो । पीडित बालिकाकी आमाले वृद्धको नाममा जाहेरी दिएपछि उनलाई पक्राउ गरी प्रहरी हिरासतमा राखिएको छ ।

उनीमाथि जबरर्जस्तीकरणीसम्बन्धी मुद्दा दर्ता भइ १० दिनको म्याद थप भई थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।