यू-१७ महिला टोली एसियन कप खेलेर स्वदेश फर्किए
काठमाडौं, १७ वैशाख । जोर्डनमा आयोजना भएको एएफसी यू-१७ महिला एसियन कप छनोटमा सहभागि भएर नेपाली टोली स्वदेश फर्किएका छन् ।
टोली आइतबार बिहान स्वदेश फर्किएका हुन् । टोलीलाई एन्फा केन्द्रिय सदस्य तथा महिला कमिटिका संयोजक सरिला श्रेष्ठ लगायतले स्वागत गरेका छन् ।
छनोटको समूह ‘एच’ मा रहेको नेपाल दोस्रो चरणमा पुग्न असफल भएको थियो । नेपालले २ खेलमा ३ अंक जोडेको थियो ।
नेपालले शुक्रबार आयोजक जोर्डनलाई ४-१ गोल अन्तरले हराएको थियाे । बुधबार भएको खेलमा नेपाल इरानसँग १-० गोल अन्तरले पराजित भएको छ । अब हुने जोर्डन र इरानको खेलले दोस्रो चरणमा पुग्ने टोलीको टुंगिने छ ।