सङ्खुवासभा हेलिकोप्टर दुर्घटनाका घाइते एक जनाको मृत्यु
काठमाडाैं, २२ वैशाख । सङ्खुवासभाको भोटखोला–४ मा सिम्रिक एयरको हेलिकोप्टर दुर्घटनामा एक जनाको मृत्यु भएको छ ।
दुर्घटनामा परी स्थानीय भविन गुरुङको मृत्यु भएको डिएसपी वीरेन्द्र गोदारले जानकारी दिनुभयो ।
हेलिकोप्टरमा सवार चारजना गम्भीर घाइते हुनुभएको उहाँले बताउनुभयो ।
प्रहरीका अनुसार हेलिकोप्टर भोटखोला गाउँपालिका–४ हटियाको सिक्प्रुङको हम्मरेडाँडामा रुखमा ठोक्किएर दुर्घटना भएको प्रहरीको हाे ।
मृतक गुरुङ हेलिकोप्टरमा सहयोगीका रुपमा काम गर्दै आउनुभएको प्रहरीले जनाएकाे छ ।
दुर्घटनामा परी क्याप्टेन सुरेन्द्र पौडेल, को–पाइलट छिरिङ भोटे, अर्का सहयोगी मनोज थापा र नेपाल विद्युत् प्राधिकरणका कर्मचारी विक्रम शङ्कर गम्भीर घाइते हुनुभएको छ । उहाँहरुलाई उपचारका लागि काठमाडौं ल्याइएकाे छ ।