युवा संघ स्थापना दिवसको अवसरमा महानगर कमिटीको दीप प्रज्वलन

काठमाडौं, २ जेठ । राष्ट्रिय युवा संघ नेपालले विभिन्न कार्यक्रमसहित आफ्नौ ३४ औं स्थापना दिवस विविध कार्यक्रमसहित बनाएको छ । युवा संघ नेपालले आफ्नो स्थापना दिवसको अवसर पारेर जेठ १ गते भ्रष्टाचारविरुद्धको बृहद् प्रदर्शन गरेको थियो भने प्रज्ञाभवनमा भव्य कार्यक्रमको आयोजना गरेको थियो ।

स्थापना दिवसकै अवसर पारेर युवा संघले मुलुकभरी नै विभिन्न कार्यक्रमको आयोजना गरेको छ । यसै सन्र्दभमा युवा संघ नेपाल काठमाडौं महानगर कमिटीले हाँडिगााउस्थित गहना पोखरीमा दीप प्रज्वलन कार्यक्रमको आयोजना गरेको छ । युवा संघका नेता अजित कुमार लामाको प्रमुख आतिथ्यतामा आयोजना गरिएको सो कार्यक्रममा महानगर कमिटीका अध्यक्ष दिपेश सुधाकारलगायतको उपस्थिति थियो ।