नेप्सेमा सामान्य अंककाे सुधार

काठमाडाैं, २ जेठ । मंगलबार नेप्सेमा सामान्य अंककाे सुधार भएकाे छ । पछिल्लो ४ कारोबार दिनदेखि निरन्तर ओरालो लागेको नेप्से यस दिन सामान्य अंककाे सुधार भएको हो।

यस दिन नेप्से परिसूचक ३.२९ अंक बढेर १८२१.६० विन्दुमा पुगेको छ। यस दिन सेन्सेटिभ इण्डेक्स ०.०१ अंक घटेको छ ।

नेप्से बढेपनि यस दिन कारोबार रकम भने घटेको छ। यस दिन २६९ स्टकको १८ हजार ८८९ पटकको कारोबारमा ६४ करोड १ लाख रुपैयाँ बराबरको २० लाख ६३ हजार कित्ता शेयर खरिदबिक्री भएको छ।

मंगलबार आत्मनिर्भर लघुवित्तको शेयर सकारात्मक सर्किट लेभलमा कारोबार भएको छ। यस दिन सो लघुवित्तको शेयरमूल्य ९.९९ प्रतिशत अर्थात ७७ रुपैयाँ १० पैसा बढेर ८४८ रुपैयाँ ६० पैसामा अन्तिम कारोबार भएको छ।

यस दिन माया खोला हाइड्रोपावर र हिमालयन उर्जा विकास कम्पनीको शेयरमूल्य ५ प्रतिशतभन्दा बढी बढेको छ। यसै दिनदेखि कारोबारमा आएको माइ खोला हाइड्रोपावरको शेयर यस दिन नकारात्मक सर्किट लेभलमा कारोबार भएको छ।

कारोबार रकमका आधारमा यस दिन एनआईसी एशिया बैंक शीर्ष स्थानमा रहेको छ। सो बैंकको यस दिन ५ करोडभन्दा बढीको शेयर खरिदबिक्री भएको छ।

१३ उपसमूहमध्ये यस दिन ११ उपसमूहको परिसूचक बढेको छ भने २ उपसमूहको परिसूचक घटेको छ। यस दिन निर्जीवन बीमा उपसमूहको परिसूचक सर्वाधिक ०.९९ प्रतिशत बढेको छ।