प्रतिनिधि सभा र राष्ट्रिय सभाको बैठक बस्दै

काठमाडौं, २३ जेठ । संघीय संसदका दुवै सदनको बैठक आज बस्दैछ ।

प्रतिनिधि सभाको बैठक बिहान ११ बजे बस्दैछ भने राष्ट्रिय सभाको बैठब ११:११ बजे बस्दैछ ।

प्रतिनिधि सभाकाे बैठकमा आगामी आर्थिक वर्ष २०८०/०८१ को बजेटमाथि छलफल सुरु हुँदैछ ।

आजै बस्ने राष्ट्रिय सभाकाे बैठकमा प्रधानमन्त्री प्रचण्डले सम्बोधन गर्ने कार्यक्रम रहेकाे छ ।