आईएमईको १७औँ वार्षिकोत्सव सम्पन्न

 

काठमाडौँ । नेपालको नम्बर १ रेमिटेन्स कम्पनी आईएमईले आफ्नो स्थापनाको १७औँ वार्षिकोत्सव “१७औँ वार्षिकोत्सव नयाँ प्रविधिको” भन्ने मूल नाराका साथ विविध कार्यक्रमको आयोजना गरी मनाएको छ ।
समारोहमा आईएमई लिमिटेडका प्रबन्ध निर्देशक हेमराज ढकाल र प्रमुख कार्यकारी अधिकृत सुमन पोखरेलले शुभकामना व्यक्त गर्नुभएको थियो भने अध्यक्ष चन्द्रप्रसाद ढकाल नेपाल उद्योग वाणिज्य महासंघको उपाध्यक्ष एवम् रोजगारदाता परिषद्को सभापतिको हैसियतले अन्तर्राष्ट्रिय श्रम सम्मेलनको १०६औँ अधिवेशनमा भाग लिन जेनेभा प्रस्थान गर्नुभएकाले भिडियोमार्फत पठाउनुभएको शुभकामना सन्देश प्रस्तुत गरिएको थियो ।
वार्षिकोत्सवमा कम्पनीको सत्र वर्षे यात्रामा निरन्तर सेवा लिनुहुने सेवाग्राहीहरूमध्ये विदेशबाट पैसा पठाउने १७ र नेपालमा प्राप्त गर्ने १७ गरी कूल ३४ जना सेवाग्राहीहरुलाई सिस्टममा आधारित रहेर ‘लक्की ड्र’ मार्फत विजेता घोषणा गरिएको थियो । विजेता घोषणा कार्यक्रमको उद्घाटन गर्दै प्रबन्ध निर्देशक हेमराज ढकालले आईएमईका सेवाग्राहीहरुलाई धन्यवाद व्यक्त गर्नुभएको थियो भने आगामी दिनमा आइएमई सेवालाई अझै परिष्कृत र प्रविधिमैत्री बनाउदै लैजाने प्रतिबद्धता व्यक्त गर्नुभएको थियो । प्रमुख कार्यकारी अधिकृत सुमन पोखरेलले सेवाग्राहीहरुको निरन्तर विश्वासले आफु लगायत आफ्नो टीमलाई काम गर्ने थप उर्जा मिलेको बताउनुभयो ।
१७औँ वार्षिकोत्सवका अवसरमा आयोजित विभिन्न प्रतियोगितात्मक खेलकुदका विजेता तथा उपबिजेताहरुलाई प्रबन्ध निर्देशक हेमराज ढकालले पदक, ट्रफी एवम् शिल्ड प्रदान गर्नुभएको थियो । कम्पनीमा कार्यरत उत्कृष्ट कर्मचारीहरुलाई उक्त अवसरमा सम्मान गरिएको थियो ।

आफ्नो स्थापना देखिनैे रेमिटेन्स सेवालाई प्रत्येक नेपालीको पहुँचसम्म पु¥याउन प्रतिबद्व यस कम्पनीले सेवा शुभारम्भको १७ औँ वर्षसम्ममा नेपालका शहरी तथा ग्रामिण क्षेत्रलाई समेट्ने गरी १५५ आईएमई सेन्टर सहित ७५ जिल्लाका ६,१०० सयभन्दा बढी सव–एजेन्ट र बैंक तथा वित्तीय संस्थाका शाखामार्फत् विदेशमा कार्यरत नेपालीहरुले दःुख गरि कमाएको रकम देशका विभिन्न भूगोलमा रहेका आफन्तको हातमा छिटो, छरितो, विश्वसनीय र सुरक्षित तवरबाट वितरण गर्दै आईरहेको छ ।