बाढीपहिरोमा परी ५४ जनाको मृत्यु , २१ बेपत्ता, १० घाइते

af9Laf6 Iflt Dff]/ªsf] dw'dNnf–$ wKk/ 6f]ndf g'g;/L aqmfxf vf]nfsf] afFw km'6]/ af9L ufpF k;]kl5 af9Ln] 3/ aufpFb} . ;'dg l3ld/], pnf{af/L -df]/ª_, /f;;

काठमाडौँ । केही दिनदेखि परेको अबिरल वर्षाका कारण आएको बाढी, पहिरोका कारण हालसम्म ५४ जनाको मृत्यु, २१ जना बेपत्ता र १० जना घाइते भएका छन्।

प्यूठानमा १८, गुल्मीमा पाँच, पाल्पामा चार, बाग्लुङमा चार, मकवानपुरमा तीन, रुपन्देहीमा दुई र काठमाडौँ, अर्घाखाँची, दोलखा र सर्लाहीमा एक÷एक जनाको मृत्यु भएको छ ।

विपद्कै कारण प्यूठानमा १९, बाग्लुङमा दुई, सुनसरी, सप्तरी र झापामा एक÷एक जना बेपत्ता भएको गृह मन्त्रालयका सहायक प्रवक्ता झङ्कनाथ ढकालले बताउनुभयो ।

बाढीपहिरोको कारण गुल्मीमा तीन, काठमाडौँमा दुई, बाग्लुङमा दुई र प्यूठान, दोलखा र अर्घाखाँचीमा एक÷एकजना घाइते भएको गृहमन्त्रालयले जनाएको छ ।

विपद्का कारण ७५ घर पूर्ण रुपमा र दुई घर आंशिकरुपमा क्षति पुगेको, तिनाउ नदीमा आएको बाढीले ठूलो झुलुङ्गे पुल बगाएको, मोरङमा रङ्गेलीबाट उर्लाबारी जाने पक्की पुल बगाएको विज्ञप्तिमा उल्लेख छ ।

नारायणी नदीमा पानीको सतह खतराको तहसम्म पुगेको हुँदा चितवन र नवलपरासी जिल्लाका तल्लो तटीय क्षेत्रका बासिन्दालाई सतर्कता अपनाउन गृहले अनुरोध गरेको छ ।

घटनाको जानकारी हुनासाथ सुरक्षा निकायका नजिकका इकाई र जिल्ला सदरमुकामबाट समेत उद्धार टोली तत्कालै ती स्थानमा परिचालित भई खोज तथा उद्धार कार्य भइरहेको मन्त्रालयले जनाएको छ ।

मन्त्रालयले मनसुन पूर्वतयारी कार्ययोजनाअनुरुप तत्काल खोज, उद्धार र राहत वितरण गर्न सक्नेगरी तयारी अवस्थामा रहन स्थानीय प्रशासनलाई निर्देशन दिइसकेको जनाएको छ ।

साउन १२ गते ।