अमेरिका १२ पदक सहित पहिलो, चीन ८ पदकसहित अमेरिकालाई पछ्याउँदै

reo
रियो । ब्राजिलमा जारी रियो ओलम्पिकको पदक तालिकामा तीन स्वर्णसहित १२ पदकका साथ अमेरिका पहिलो स्थानमा उक्लिएको छ।
तालिकामा तीन स्वर्ण नै जोड्न सफल चीन दुई रजत र तीन काँस्यका ८ पदकसहित दोस्रो तथा ३ स्वर्ण मात्र जितेको अष्ट्रेलिया तेस्रो स्थानमा छन्।
जारी ओलम्पिकमा दुई स्वर्ण जित्ने इटाली, दक्षिण कोरिया र हंगेरी क्रमश चौथो, पाँचौ र छैठौं स्थानमा छन्।
अहिलेसम्म कुल १७ राष्ट्रले स्वर्ण पदक जितिसकेका छन्।
ओलम्पिक पदक तालिकामा ३१ देशले पदक प्राप्त गर्दा दक्षिण एसियाका कुनै पनि मुलुकले खाता खोलेका छैनन्।