रु दुई करोड भ्रष्टाचार अभियोगमा भरत पहारीविरुद्ध मुद्दा

maitrinews

 

काठमाडौँ, २४ साउन । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले इन्जिनियरिङ अध्ययन संस्थान पुल्चोकका प्रा डा भरतराज पहारीले रु दुई करोड ४० लाख एक हजार ५९९ बराबरको भ्रष्टाचार गरेको जनाउँदै विशेष अदालतमा आज मुद्दा दायर गरेको छ । उनी नेकपा एमालेको विभिन्न उच्च तहको कमिटीमा बसेर काम गर्दै आउनु भएको छ ।

आयोगका प्रवक्ता कृष्णहरि पुष्करका अनुसार स्रोत नखुलेको सम्पत्ति आर्जन गरेको भनी परेको उजुरी छानबिन गर्दा प्रा डा पहारीले पेस गरेको सम्पत्तिको विवरण तथा अनुसन्धानका क्रममा दिएको बयान समेतबाट गैरकानुनी देखिएको छ ।

गैरकानुनी रुपमा सम्पत्ति आर्जन गरेको र मनासिब कारणबिना आफ्नो हैसियतभन्दा बढी खर्च गरेको अनुसन्धानबाट खुलेको आयोगले उल्लेख गरेको छ । आयोगले प्रा डा पहारी र निजकी श्रीमती शोभाका नाममा रहेको चलअचल सम्पत्ति समेत जफत गर्न माग गर्दै मुद्दा दायर गरिएको जनाएको छ ।