साढे तीन किलो कोकिनसहित दुई विदेशी पक्राउ

kokin
काठमाडौँ । साढे तीन किलो कोकिनसहित बोलेभियन र थाइ नागरिक पक्राउ परेका छन् । लागुऔषध नियन्त्रण ब्युरोले आज उनीहरुलाई कोकिनसहित काठमाडौंबाट पक्राउ गरेको हो ।
बोलेभियन नागरिक कोकिन बोकेर नेपाल आएकी थिइन् भने सो कोकिन थाइल्यान्ड हुँदै युरोपियन मुलुक पुर्‍याउन थाइ युवती नेपाल आएकी थिइन् । सुराकी पाएर खोजीमा खटिएको ब्युरोको टोलीले दुवैलाई पक्राउ गरेर अनुसन्धान प्रकृया अगाडि बढाएको छ ।
पाँच वर्षकोबिचमा नेपालमा २४ किलो कोकिनसहित अन्तर्राष्ट्रिय कारोवारी पक्राउ परिसकेका छन् । प्रहरीले यस अगाडि भेनेजुयाली, नाइजेरियन, भारतीय, चिनियाँ, दक्षिण अफ्रिकी, थाई, पाकिस्तानी र नेपाली नागरिक पक्राउ गरिसकेको छ ।
प्रहरीले २०६८ मा पहिलोपटक नेपालमा कोकिन फेला पारेको थियो । पाँच वर्षकोबिचमा ब्युरोले नाइजेरियाली मोहम्मद लामिनी डोबा, मलेसियन नागरिक मारिया विन्ती जमालुद्धिन, थाइ सुपरित म्याकन्तोस, नामिबियन रेमन्ड जुगु ओपेल, पाकिस्तानी आइसा हुसेन, लुइ अर्थर निही, फिलिपीनी किष्टीना अबेगार, अफ्रिकी इमसाइन र र भारतीय नागरिक मेर्सी र नेपाली नागरिक दिलबहादुर गुरुङ पक्राउ गरेको थियो ।
पक्राउ परेका कारोवारीबाट ब्राजिलमा रहेका नाइजेरियाली समुहले नेपाललाई ट्रान्जिट बनाएर पेरु र ब्राजिलको कोकिन भारत, मलेसिया, थाइल्यान्ड, पाकिस्तान हुँदै युरोपियन र अमेरिकी मुलक पठाउने गरेको खुलेको थियो ।

साउन २६ गते ।