वर्षातमा कपाल स्याहार्ने १३ घरेलु तरिका

maitrinews

Woman drying her hair with a towel

यतिबेला देशभर भारी वर्ष भैरहेको छ । वर्षातको यो समयमा कपालको सुन्दरता कायम राख्न निकै समस्या पर्छ । विशेषगरी युवतीहरुलाई वर्षातमा कपाललाई कसरी सुन्दर बनाउने भन्ने चिन्ताले सताउने गरेको पाइन्छ । वर्षातको समयमा सामान्य कुरामा ध्यान दिने र केही उपाय अपनाउने हो भने धेरै हदसम्म कपालको सुन्दरतालाई जोगाउन सकिन्छ । लगातारको वर्षे झरीमा कपालको सुन्दरता कायम राख्ने १३ घरेलु उपाय यस्ता छन् ।
१ सातामा एक दिन दही वा अमलाको धूलो लगाएर कपाल नुहाउने गर्नुपर्छ । यसो गर्दा तपाईको कपाल नरम, चम्किलो र लामो बन्नुका साथै बलियो पनि बन्छ ।
२ सामान्यतया अन्य समयमा झैँ कपाल नुहाइसकेपछि मोटो तौलियाले कपाललाई हल्का ढंगले मिच्दै पुछ्ने गर्नपर्छ । साथै केही समय कपाललाई तौलियामा नै बेरेर राख्नु राम्रो हुन्छ ।
३ धेरै जसो युवती तथा महिलाहरुले कपाल नुहाइसकेपछि जोडले झट्काल्ने गल्ती गर्छन् । तर कपाल नुहाइसकेपछि यसरी झट्काल्नु हुँदैन। साथै चर्को घाममा पनि बस्नु हुँदैन ।
४ तपाईले कपालमा लगाउने गरेको तेल एउटै हुनुपर्छ ।
५ छोटो समयमा धेरै थरी तेल बदल्दा कपालमा समस्या आउन सक्छ ।
६ एक गिलास दहीमा थोरै कालो मरिचको धूलो मिसाएर लगाउँदा कपाल कालो सुन्दर देखिन्छ ।
७ कपालमा धेरै बास्ना आउने तेल राख्नु हुँदैन।
८ सर्स्यूको तेलमा कागतीको रस मिसाएर कपाललाई मालिस गर्दा निकै फाइदा पुग्छ । यसरी मालिस गरेको केही समयपछि कपाल नुहाउँदा तपाईको कपलाको जरा निकै बलियो बन्छ भने कपाल आकर्षक देखिन्छ ।
९ अमलाको तेलमा कागतीको रस प्रयोग गरेर मालिस गर्दा पनि निकै फाइदा पुग्ने गर्छ ।
कपाल सुकेपछि जोडले तेल लगाउनु हुँदैन । विस्तारै औंलाले मालिस गर्दै तेल लगाउनु फाइदाजनक हुन्छ ।
१० पानीमा थोरै भिनेगर मिसाएर कपाल धुने गर्दा चयाबाट मुक्ति मिल्छ । सकेसम्म कम मात्रामा स्याम्पु प्रयोग गर्नुपर्छ ।
११ कपालसँगै समग्र स्वास्थ्यका लागि शुद्ध पानी पिउनु फाइदाजनक हुन्छ । त्यसकारण दैनिक १० देखि १२ गिलास पानी पिउनु राम्रो हुन्छ ।
१२ सन्तुलित आहार र पौष्टिक खानपिनसँगै नियमित व्यायमले पनि कपालसँगै समग्र शरिरलाई सुन्दर बनाउन मद्धत गर्छ ।
१३ धूमपान वा अन्य नशालु पदार्थको सेवन कहिले पनि गर्नुहुँदैन ।