सर्वोच्चको आदेशमा दक्षिणकाली–चोभार सडक विस्तार रोकियो

maitrinews

 

Supreme-Court-Nepal
काठमाडौँ । सर्वोच्च अदालतले दक्षिणकाली–चोभार सडक विस्तार कार्य तत्कालका लागि रोक्न अन्तरिम आदेश दिएको छ ।
न्यायाधीश दीपकराज जोशीको एकल इजलासले तत्काल सो क्षेत्रको सडक विस्तार गर्दा स्थानीयको संरचना भत्किँदा अपूरणीय क्षति हुनेहुँदा तत्काल सडक विस्तार कार्य रोक्न भदौ १३ गतेसम्मका लागि अल्पकालीन अन्तरिम आदेश दिएको सर्वोच्च अदालतका सहप्रवक्ता विश्वराज पौडेलले जानकारी दिनुभयो ।
सडक विस्तार कार्य लामो समयसम्म रोक्न नहुने उल्लेख गर्दै आगामी भदौ १३ गते छलफलका लागि सरोकारवाला पक्षलाई बोलाएको समेत आदेशमा उल्लेख छ ।

आदेशमा भनिएको छ, “सो क्षेत्रको सडक विस्तार कार्यले स्थानीयको संरचना नष्ट भई अपूरणीय क्षति हुनेहुँदा तत्काल सडक विस्तार कार्य नगर्नु नगराउनु ।” पम्फादेवी बस्नेतसहित ३४ जनाले सो क्षेत्रको बाटो विस्तार गर्दा आफूहरुको भौतिक संरचना क्षति हुने भन्दै सर्वोच्च अदालतमा रिट निवेदन दायर गर्नुभएको थियो ।

साउन ३१ गते ।