फोटो कन्सर्नका मालिक तथा  चलचित्र निर्माता डीवी थापाको निधन

D.B. Thapa
काठमाडौ। नेपालको फोटोग्राफीको पायोनियर संस्था काठमाडौको न्यूरोड स्थित फोटो कन्सर्नका मालिक एवम् प्रसिद्ध चलचित्र निर्माता तथा वितरक डीवी थापाको दुःखद निधन भएको छ।

केही दिनदेखि थापाथली स्थित नर्भिक अस्पतालमा उपचार्थ रहेका थापाको आज सोमवार विहान ११ बजे निधन भएको हो। चलचित्र मायाप्रीति, जीवन–ज्योति लगायतका चलचित्रका निर्माता तथा चलचित्र विकास कम्पनीका पूर्वअध्यक्ष समेत रहेका ८३ बर्षिय थापाको निधनले चलचित्र तथा फोटोग्राफी क्षेत्रमा अपूरणिय क्षति भएको महशुश गरिएको छ।
प्रकाशन मिति–२०७३ साल भदौ ६ गते सोमवार ।