स्थानीय निकायको संख्या एक हजारभन्दा बढी बनाउन काँग्रेसको दबाब

nc
काठमाडौं । नेपाली कांग्रेसले स्थानीय निकाय पुन संरचना आयोगका अध्यक्ष बालानन्द पौडेलसँग छलफल गरेको छ। कांग्रेस संसदीय दलको आजको बैठकमा आयोगका अध्यक्ष पौडेललाई बोलाएर छलफल गरेको हो।

बैठकमा आयोगका अध्यक्ष पौडेलले स्थानीय निकायको संख्या ५६५ बनाउन आयोग सिफारिस गर्ने जानकारी दिएको बैठकमा सहभागी कांग्रेस सांसद रामहरि खतिवडाले जानकारी दिनुभयो।
आयोग अध्यक्षले स्थानीय निकाय पुनसंरचना गर्दा स्थानीय निकायको संख्या ५६५ बनाउनु पर्ने बताएपछि कांग्रेस सांसदहरुले भने आपत्ति जनाएका छन्। उनीहरुले आयोग स्थानीय निकाय निर्वाचन गराउने पक्षमा नरहेको आरोप लगाएका छन्। नेपाली कांग्रेसले स्थानीय निकायको संख्या हजारभन्दा बढी हुनुपर्ने बताउँदै आएको छ। दुई दिनसम्म राजधानीमा चलेको कांग्रेस जिल्ला सभापतिको भेलाले पनि स्थानीय निकायको संख्या हजारभन्दा बढी बनाउन सुझाव दिएको थियो।
दलहरुबीच स्थानीय निकायको संख्या कत्रो बनाउने भन्ने विषयमा विवाद चुलिँदो छ। स्थानीय निकाय पुर्नसंरचना आयोगले भने स्थानीय निकायको संख्या ५६५ बनाउनुपर्ने रिपोर्ट तयार गरेको छ।

भदौ ७ गते ।