एमाले कार्य दलको बैठक

maitrinews

??????????????????????????????????????????????????????????

काठमाडौँ । नेकपा (एमाले) स्थायी कमिटीको बैठकले विभिन्न राजनीतिक दलहरु परित्याग गरी नेकपा
(एमाले)मा समाहित हुन चाहने र समाहित भएका व्यक्तिहरुसँग छलफल गर्ने तथा उनीहरुलाई उपयुक्त
जिम्मेवारीको व्यवस्थापन गर्ने कामका लागि पार्टीका महासचिव कमरेड ईश्वर पोखरेलको संयोजकत्वमा गठन भएको कार्यदलको प्रथम बैठक आज पार्टी केन्द्रीय कार्यालय, धुम्बाराहीमा बस्यो ।
ऐतिहासिक संविधानसभाबाट नेपाली जनताका प्रतिनिधिहरुले जारी गरेको नेपालको संविधानको कार्यान्वयन गर्दै नेपाल राष्ट्रलाई समृद्धिको दिशातर्फ अगाडि बढाउन, लोकतान्त्रिक प्रक्रियालाई अझ सुदृढ बनाउनु,राष्ट्रिय स्वाभिमान, सार्वभौम सहित नेपालको राष्ट्रियतालाई सुदृढ गर्नु र बलियो, सुदृढ र जनआधारितराजनीतिक दल निर्माण गर्नु आजको महत्वपूर्ण राष्ट्रिय कार्यभार हो । नेकपा (एमाले) नेपालको लोकतान्त्रिकआन्दोलनको अगुवा शक्ति हो । नेपालको वामपन्थी तथा कम्युनिष्ट आन्दोलनको मूल–प्रवाह हो । शान्तिपूर्ण तथा लोकतान्त्रिक बाटोबाट नेपाली समाजको प्रगतिशील रुपान्तरण गर्ने जनताको बहुदलीय जनवादलाई मार्गदर्शक सिद्धान्तका रुपमा स्थापित गर्दै राष्ट्रव्यापी रुपमा देशभक्त, प्रगतिशील तथा जनपक्षीय चरित्र सहितको सुदृढ पार्टी पनि आजको दिनमा नेकपा (एमाले) नै हो। आउँदा दिनका प्रतिस्पर्धामा श्रेष्ठता हासिल गर्न विचार र व्यवहार मिल्ने राजनीतिक दल, समूह तथा व्यक्तिहरुलाई नेकपा (एमाले)मा एकताबद्ध गर्दै जाने नीति पार्टीको रहेको छ । यसै सन्दर्भमा आज बसेको कार्यदलको बैठकले बलियो राष्ट्रिय राजनीतिक शक्तिका रुपमा नेकपा (एमाले)लाई स्थापित गर्न विभिन्न राजनीतिक दल, समूह तथा व्यक्तिहरुलाई नेकपा (एमाले)मा एकताबद्ध हुँदै राष्ट्र र जनताको चाहना अनुरुप उपरोक्त ऐतिहासिक भूमिकाहरु निर्वाह गर्न अपिल गरेको छ ।
साथै, बैठकले यस प्रयोजनका निम्ति विभिन्न राजनीतिक दल, समूह तथा व्यक्ति–व्यक्तित्वहरुसँग संवादको प्रक्रिया अघि बढाउने निर्णय समेत गरेको छ ।
बैठकले यसअघि हाम्रो पार्टीमा समाहित भएका र आगामी दिनमा पार्टीमा समाहित हुने राजनीतिक
व्यक्तित्वहरुलाई उचित सांगठनिक जिम्मेवारी प्रदान गर्ने निर्णय गरेको छ । र, त्यसको गृहकार्य गरी पार्टी स्थायी समितिमा अविलम्ब पेश गर्ने निर्णय गरेको छ ।
स्मरणीय छ, उक्त कार्यदलमा संयोजक पार्टी महासचिव ईश्वर पोखरेल र सदस्यहरुमा प्रदीप ज्ञवाली,
पृथ्वीसुब्बा गुरुङ, गोकर्ण विष्ट, योगेश भट्टराई र राधाकृष्ण मैनाली सदस्य रहनुभएको छ ।
भदौ ९ गते ।