गौराव्दारा अस्पताललाई एक करोड दान

maitrinews

Gauri Pradhan karod dan
चितवन । नारायणगढकी गौरा प्रधानले नवलपरासीको रजहरमा रहेको प्राकृतिक उपचार केन्द्रलाई एक करोड रुपैयाँ दान दिनुभएको छ ।

श्यामकृष्ण प्रधान र गौरी प्रधान सम्पत्तिमा मात्र होइन, समाजसेवा र राजनीतिमा पनि कहलिएको नाम हो। श्रीमान श्यामकृष्णको मृत्युपछि श्रीमती गौरी ४५ दिनको काम सकेर रजहरको सो अस्पताल जानुभयो ।

ुयहाँको वातावरण, काम गर्नेको उत्साहले मलाई गोरखपुरकै झल्को दियो। खुसी भएर एक करोड रुपैयाँ सहयोग गर्ने बचन दिएँ, प्रधानले भन्नुभयो ।
अस्पताल सञ्चालकले नै यो तहको सहयोगको आशा गरेका थिएनन्। एकदुई कोठासम्म बनाइदिनू न भन्ने आग्रहसम्म थियो। बिरामी बस्ने सुविधायुक्त कोठा भएको दुईतले भवन निर्माणका लागि सो रकम खर्च गरियो।