काठमाडौ। दीपराज गिरी तथा दीपाश्री निरौला ग्रुपले निर्माण गरेको दोश्रो चलचित्र वडा नंबर ६ को एक गीतले युट्युबमा अदभूत रेकर्ड राखेको छ। चलचित्र वडा नंबर ६ को गायिका अञ्जु पन्त र गायक राजन राज सिवाकोटीको गायन रहेको गीतको भिडियो हेर्ने दर्शकहरुको संख्या १ करोड ४७ हजार नाँघिसकेको छ।सुर्के थैली बोलको गीतले यति धेरै दर्शक कमाउन सफल भएको संभवत नेपाली चलचित्रको गीतको इतिहासमा युट्युबमा संभवत पहिलो भएकोले चलचित्रका निर्माता दीपकराज गिरी तथा दीपाश्री निरौलाको ग्रुपले खुशीयाली पार्टी नै गरेका छन्।
विभिन्न सभा–समारोह तथा पार्टीहरुमा प्रायले यही गीतमा नाँच्ने र नचाउने कार्य पनि गरिदैआएको छ। यसअर्थमा पनि यो गीत अत्यन्त लोकप्रिय बनेको छ। जसमा सर्वप्रथम माग्ने बूढा केदार घिमिरे र दीपाश्री निरौलाको नृत्यवाट गीत प्रारम्भ हुने गर्छ। त्यसपछि त्यस गीतमा दीपकराज गिरी, प्रियंका कार्की लगायतका कलाकारहरुको जोडदार प्रस्तुति हुन्छ।
प्रकाशन मिति–२०७३ साल भदौ १० गते शुक्रबार ।