विभत्स तस्बिर सम्प्रेषण नगर्न काउन्सिलको ध्यानाकर्षण
काठमाडौँ । प्रेस काउन्सिल नेपालले आज त्रिशूलीमा भएको बस दुर्घटनासम्बन्धी समाचारमा मृत्यु भएका मानिसको शवको विभत्स तस्बिर विभिन्न मिडियामा सम्प्रेषण गर्नु पत्रकार आचारसंहिता विपरीत भएको जनाएको छ ।
“विभत्स तस्बिर सम्प्रेषण हुँदा समाजमा नैरास्यता र सन्त्रास फैलिनुका साथै पत्रकार आचारसंहिता २०६० (संशोधित २०६४) को दफा ४(९) को उल्लङ्घन हुने भएकाले त्यस्ता तस्बिर सम्प्रेषण नगर्न नगराउन सम्पूर्ण सञ्चारमाध्यमलाई ध्यानाकर्षण गराउँदछौँ”– काउन्सिलका अध्यक्ष बोर्णबहादुर कार्कीद्वारा जारी विज्ञप्तिमा उल्लेख गरिएको छ ।