कर्णाली शिक्षण अस्पताल पदाधिकारीविहीन हुँदा समस्या जटिल

maitrinews

karnali-helth-instute
जुम्ला। कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान शिक्षण अस्पताल, जुम्ला पदाधिकारीविहीन हुँदा कर्मचारी समस्यामा पर्दै आएका छन् ।
प्रतिष्ठानमा अहिले शिक्षाध्यक्ष डाक्टर धर्मराज श्रेष्ठ मात्र बहाल हुनुहुन्छ । उप–कुलपति डा पारसकुमार आचार्यको जेठ ११ गते बिदाइ भएको थियो । अस्पताल निर्देशक डाक्टर जावेद अहमद खान पनि झन्डै चार महिनाअघि ग्रान्डी हस्पिटल काठमाडौँमा गएको र रजिस्ट्रार श्याम लम्सालको साउन ३२ गते कार्यकाल सकिएकाले प्रतिष्ठान पदाधिकारीविहिन भएको प्रतिष्ठान जुम्लाका प्रशासकीय अधिकृत द्वन्द्वबहादुर शाहीले बताउनुभयो ।

प्रतिष्ठानमा पदाधिकारी नहुँदा अहिले प्रशासनिक क्षेत्रमा बढी समस्या आएको अधिकृत शाहीले बताउनुभयो । प्रतिष्ठानका नर्सिङ डिन गायत्री राईले पदाधिकारी नहुँदा बढी शैक्षिक एवम् प्राज्ञिक कार्यक्रम सञ्चालनमा समस्या आएको बताइन् । “पदाधिकारी अनुपस्थितिको समय बढी भएकाले प्रतिष्ठानमा अराजकता बढ्न थालेको छ, केही कर्मचारीले हेलचेक्र्याइँ गर्न थालेका छन्,” डिन राईले भन्नुभयो ।
नेतृत्वविहीन हुनुले विशेषगरी बीचको तहलाई बढी चेपाइमा पारेको कर्मचारीको गुनासो छ ।