ओस्कार अवार्डमा नेपाली चलचित्र कालो पोथी

काठमाडौ। यो बर्षको विश्वप्रसिद्ध ओस्कार अवार्डका लागि नेपालवाट नेपाली चलचित्र कालो पोथी छनौटमा परेको छ। ओस्कार अवार्डको विदेशी भाषी सर्वोत्कृष्ट छनौट समिति प्रतिस्पर्धी तीन नेपाली चलचित्र पशुपति प्रसाद, कालो पोथी र को आफ्नोमा कालो पोथीलाई छनौट गरेर अवार्डमा प्रतिस्पर्धाको लागि सिफारिस गरिएको छ।
अवार्डका लागि पुग्ने स्तरिय एवं अब्बल दर्जाका सिर्जनाहरुमा रहेका प्राविधिक पक्ष, कथ्यको प्रस्तुती पक्ष, चरित्रहरुको भावनात्मक विश्लेषण तथा प्रस्तुतीको कलात्मक बनोट आदिलाई ध्यानमा राखेर यो बर्षको सफल चलचित्र ‘कालो पोथी’ अस्कर अवार्ड अन्र्तगत रहेको ‘विदेशी भाषी चलचित्र’को विधामा प्रतिस्पर्धा गर्नका लागि नेपालबाट छनोट भएको हो।
सन् २०१७ मा विश्वकै प्रतिष्ठित ‘अस्कर अवार्ड’को ८९ औ श्रृङ्खला आयोजना हुनेछ। मुगुको एक गाउँमा बस्ने २ जना बालक र उनीहरुको रोचक कथालाई यो चलचित्रमा प्रस्तुत गरिएको छ।
प्रकाशन मिति–२०७३ साल भदौ २२ गते बुधवार ।