प्रचण्डको सम्बोधन स्थापित मान्यता विपरीत : नेम्वाङ

subash-nembang

विराटनगर । नेकपा एमाले संसदीय दलका उपनेता सुवास नेम्वाङले प्रधानमन्त्री पुष्पकमल दाहालले बिहीबार संसदमा गर्नुभएको सम्बोधन संविधान र स्थापित मान्यता विपरित रहेको आरोप लगाउनुभएको छ ।
विराटनगर विमानस्थलमा आज सञ्चारकर्मीसँग कुराकानी गर्दै उहाँले नीति तथा कार्यक्रमको झल्को दिने गरी नयाँ कार्यक्रम ल्याउनु गलत भएको टिप्पणी गर्नुभयो ।
नेता नेम्वाङले यदि प्रधानमन्त्रीले नीति तथा कार्यक्रम ल्याएको हो भन्ने त्यसलाई प्रष्ट पार्नुपर्ने उल्लेख गर्दै यसअघि आफै सहभागी भएको सरकारले ल्याएको नीति तथा कार्यक्रम र बजेट पारित भइसकेको अवस्थामा नयाँ कार्यक्रम ल्याउनु विधिसम्मत नभएकाले यसको जवाफ सरकारले दिनुपर्ने धारणा व्यक्त गर्नुभयो ।
पत्रकारको जिज्ञासामा नेता नेम्वाङले मधेसी मोर्चाले उठाएको मागलाई सम्बोधन गर्ने कार्य देश र जनताको हित विपरीत देखिएकाले संविधान संशोधन आफूहरुलाई मान्य नहुने स्पष्ट पार्नुभयो ।
उहाँले संविधान संशोधनको सम्बन्धमा सरकारले आपूmहरुसँग कुनै छलफल नगरेको जानकारी गराउनुभयो ।
स्थानीय तहको निर्वाचनको सम्बन्धमा उहाँले संविधानअनुसार बनेको स्थानीय निकाय पुनःसंरचना आयोगले दिएको खाकाअनुसार नै स्थानीय तहको निर्वाचन गराउनुपर्ने धारणा व्यक्त पनि गर्नुभयो ।

भदौ २४ गते ।