बालबालिकाको शिक्षा र स्वास्थ्यका लागि पारिवारिक वातावरण आवश्यक : राष्ट्रपति

maitrinews

/fli6«o afnlbj;–@)&# /fi6«klt ljBfb]jL e08f/L dlxnf, afnaflnsf tyf ;dfh sNof0f dGqfno / s]Gb|Lo afnsNof0f ;ldltn] /fli6«o afnlbj;– @)&# sf] cj;/df sf7df8f}Fdf a'waf/ cfof]hgf u/]sf] sfo{qmdsf] pb3f6g ug'{x'Fb} . ;fydf o'jf tyf v]ns'b dGqL bnhLt >LkfO{nLnufot . tl:a/ M /f]zg ;fksf]6f, /f;;

काठमाडौँ । राष्ट्रपति विद्यादेवी भण्डारीले मुलुकको भविष्यका आधार आजका बालबालिका भएकाले उनीहरुलाई शिक्षा लिने उपयुक्त वातावरणको व्यवस्था गर्नुपर्ने बताउनुभएको छ ।

महिला, बालबालिका तथा समाज कल्याण मन्त्रालय र केन्द्रीय बालकल्याण समितिले राष्ट्रिय बालदिवस– २०७३ को अवसरमा यहाँ आज आयोजना गरेको कार्यक्रममा उहाँले बालबालिकाको शिक्षा र स्वास्थ्यका लागि उपयुक्त पारिवारिक वातावरणमा सबैले ध्यान दिनुपर्नेमा जोड दिनुभयो ।

राष्ट्रपति भण्डारीले भन्नुभयो,“ शिक्षा र स्वास्थ्यमा लगानी बढाउनुपर्छ, उनीहरुको शारीरिक र मानसिक विकास गरी बाल बचाउ प्रवद्र्धन कार्यक्रममा सबैले ध्यान दिन जरुरी छ ।”

बालबालिकालाई शिक्षा र स्वास्थ्यमा सहज पहुँच सुनिश्चित गरी उनीहरुलाई बहुआयामिक प्रभिताका धनी बनाउन गर्भअवस्थादेखि नै सुनौला हजार दिनलाई सबैले बिशेष ध्यान दिनुपर्ने आवश्यकता औल्याउनुभयो ।

राष्ट्रपति भण्डारीले बालबालिका अझै पनि न्युनतम स्वास्थ्य शिक्षा समेत नपाइरहेको अवस्था रहेको उल्लेख गर्दै बाल बेचबिखन, दुरव्यवहार र अनुशासनका नाममा दण्ड सजाय अन्त्य गर्नुपर्ने बताउनुभयो ।

वाल अधिकारका क्षेत्रमा विगतमा भएका कमीकमजोरीबाट पाठ सिक्दै अघि बढनुपर्ने बताउँदै उहाँले संविधानमा बालअधिकारलाई मौलिकहकको रुपमा राखिएको व्यवस्थालाई कार्यान्वयनमा सबैले ध्यान दिनुपर्नेमा जोड दिनुभयो ।

युवा तथा खेलकुद मन्त्री दलजीत श्रीपाईलीले बालबालिकाको शिक्षा, स्वास्थ्य र समग्र विकासका लागि सरकारको ध्यान केन्द्रित भएको उल्लेखगर्दै उनीहरुको समस्या समाधानमा सरकारले ध्यान दिने बताउनुभयो ।

महिला, बालबालिका, समाज कल्याण तथा ज्येष्ठ नागरिक समितिका सभापति रञ्जु ठाकुरले अनुशासनका नाममा अहिले पनि दण्ड सजाय, बेचविखन भइरहेकाले यसलाई रोक्नुपर्नेमा जोड दिनुभयो ।

केन्द्रीय बालकल्याण समितिका अध्यक्ष दिल्लीराम गिरीले बालबालिका संरक्षण र प्रवद्र्धनमा समितिले काम गर्दै आएको र आगामी दिनमा पनि यसलाई निरन्तरता दिने प्रतिवद्धता व्यक्त गर्नुभयो ।

विद्यार्थी सेवी कुमारी यादवले अहिले पनि बालबालिका शिक्षा, स्वास्थ्य र संरक्षणको पहुँचमा कमी रहेकाले यसतर्फ सरकारलाई ध्यान दिन आग्रह गर्नुभयो ।
नेपालको संविधानमा बाल अधिकारलाई मौलिक हकका रुपमा राखेको छ । नेपालले सन् १९९० सेप्टेम्बर १४ अर्थात भदौ २९, २०४७ सालदेखि प्रत्येक वर्ष बाल दिवस मनाउने गरेको छ ।