राजधानीका निजी विद्यालयमा बम आतंक, केही विद्यालयमा बम विस्फोट

bomb_jorpati3

काठमाडौं । राजधानीका विभिन्न विद्यालयमा बम राखेर आतंक सिर्जना गरिएको छ । आज विहान विभिन्न विद्यालयमा बम फेला परेका छन् ।
बौद्धको आकाशद्धिप बोर्डिङ स्कुल र मनकामना उच्च माबिमा बम बिष्फोट भएको बौद्ध प्रहरीले जनाएको छ । विष्फोटमा कुनै मानवीय क्षति नभएको प्रहरीले जनाएको छ । वम विस्फोटले आकाशद्धिप स्कुलको गेटमा क्षति पुगेको छ ।
विष्फोटमा संलग्न भएको आशंकामा दुई जनालाई पक्राउ गरिएको काठमाडौं प्रहरी प्रमुख विक्रमसिंह थापाले जानकारी दिनुभयो ।बम राखिएको स्थानमा अखिल नेपाल राष्ट्रिय स्वतन्त्र बिद्यार्थी केन्द्रको पर्चा भेटिएको प्रहरीले जनाएको छ ।
राजधानीको बौद्धस्थित राई स्कुल, इस्टपोल स्कुलमा शंकास्पद बस्तु फेला परेकोे छ । त्यस्तै ललितपुरको रेडियन्ट स्कुलमा प्रेसरकुकर बम भेटिएको प्रहरीले जनाएको छ । विद्यालयमा सेनाको बम डिस्पोजल टोलीले बम निष्क्रिय पारेको छ । विष्फोट भएको स्थानमा फेला परेका पर्चामा नीजि विद्यालयहरुले आफ्ना मागहरु सम्बोधन नगरेको उल्लेख गरिएको छ ।

असोज ४ गते ।