भूकम्पपीडित परिवारले अझैसम्म पहिलो किस्ता पनि पाएनन्

bhukampa-pidit

काठमाडौँ । भूकम्पपीडितलाई आठ लाखसम्म दिने हावादारी घोषणा गर्नुभएका प्रधानमन्त्री पुष्पकमल दाहालले अहिलेसम्म एकलाखभन्दा बढी भूकम्पपीडितलाई पहिलो किस्ता ५० हजार रुपियाँ पनि दिन सक्नुभएको छैन । सरकारले घोषणा गरेको ४५ दिने अवधीमा करिब ३० प्रतिशत भूकम्प पीडितले अनुदानको पहिलो किस्ता रकम पाउन सकेनन् । प्रधानमन्त्रीमा दाहाल आएलगत्तै साउन २० गते ४५ दिनभित्र सबै भूकम्प पीडितलाई अनुदानको पहिलो किस्ताको ५० हजार रुपैयाँ उपलब्ध गराउने घोषणा गरिएको थियो ।

घोषणाको अबधी गत सोमबार सकियो । तर, उक्त दिनसम्म उपत्यका बाहिरका ११ जिल्लाका करिब ३० प्रतिशत परिवारले किस्ता पाउन नसकेका हुन । संघिय मामिला तथा स्थानिय विकास मन्त्रालय केन्द्रिय आयोजनाले उपलब्ध गराएको तथ्याङक अनुसार करिब १६ प्रतिशत परिवारसंग त सरकारले सम्झौता नै गर्न सकेको छैन ।
तथ्याङक अनुसार उपत्यका बाहिर ५ लाख ३३ हजार परिवारले अनुदानको पहिलो किस्ता पाउनुपर्ने हो । यसमध्ये ४ लाख ४७ हजार ३ सय ५९ परिवारसंग मात्रै अनुदान सम्झौता भयो । सम्झौता भएमध्ये ३ लाख ७५ हजार ७ सय १५ परिवारले मात्रै अनुदान पाउन सफल भए ।

असोज ४ गते ।