रोग अनुसन्धान गर्न जुकरबर्ग दम्पतीव्दारा ३ अर्ब डलर सहयोग घोषणा

अमेरिका । सामाजिक सञ्जाल फेसबुकका संस्थापक मार्क जुकरबर्ग तथा उनकी पत्नी प्रिस्सिला चानले रोगसंग जुध्न आवश्यक वैज्ञानिक अनुसन्धानका लागि आगामी दश वर्षको निम्ति तीन अर्ब डलरको सहयोग प्रदान गर्ने घोषणा गरेका छन्।
उक्त सहयोग राशी क्यालिफोर्नियामा नयाँ अनुसन्धान केन्द्रको स्थापना लगायत अन्य वैज्ञानिक शोध कार्यमा खर्च गरिने जनाइएको छ।
हासिल
उनीहरुको घोषित उद्देश्य आफ्नै बालबालिकाको जीवनकालभित्र सबै रोगको उपचार, निवारण तथा व्यवस्थापन गरिसक्ने रहेको छ।
मार्क जुकर्बर्ग तथा बालरोग विशेषज्ञ उनकी पत्नी प्रिस्सिला चानले यही शताब्दीभित्र सबै रोग नियन्त्रण गरिसक्ने आफ्ना उद्देश्य सुन्दा बहुलठ्ठीपूर्ण लागे पनि लगन र नवीन शोधले ती हासिल हुन सक्ने बताएका छन्।
उक्त उद्देश्य हासिल गर्न सकिने भन्दै जुकर्बर्गले भने, “हामीले गएको तीन वर्षमा दर्जनौं वैज्ञानिक तथा विज्ञहरुसंग भेट्यौं जसले यो उद्देश्य हासिल गर्न सकिने बताए। यो भनेको कोही मानिस बिरामी पर्ने छैनन् भन्ने होइन कि मानिसहरु एकदमै कम बिरामी पर्नेछन् र परेको खण्डमा चाँडै रोग पहिचान र उपचार हुनेछन् भन्ने हो।”
गत सय वर्षमा विज्ञान तथा औषधि विज्ञानले गज्जबको फड्को मारेको उनीहरुले औंल्याए।
असोज ६ गते ।