मृगौलापीडित पुनको उपचारका लागि आर्थिक सहयोग

म्याग्दी । म्याग्दी बिम ९ का मृगौला रोगी कुमार पुनको उपचारका लागि अष्ट्रेलियामा रहेका म्याग्देलीहरुले आर्थिक सहयोग गरेका छन् ।
दुवै मृगौलाले काम गर्न छाडेपछि हाल मानव अंग प्रत्यारोपण केन्द्र भक्तपुरमा उपचार गराइरहेका ३२ वर्षिय विपन्न परिवारका पुनको उपचारार्थ अष्ट्रेलियाबाट रु एक लाख २८ हजार पाँच सय सहयोग जुटेको हो ।
अष्ट्रेलियामा रहनुभएका म्याग्दी ताकमकी जुलि फगामीको पहलमा त्यहाँ संकलन भएको सो रकम अस्पतालमै पुगेर पिडित पुनलाई हस्तान्तरण गरिएको समन्वयकर्ता नेकपा माओवादी केन्द्रका नेता पुष्कर विकले बताउनुभयो ।
त्यस्तै म्याग्दी बरन्जा घर भई हाल काठमाण्डौ बस्दै आउनुभएकी कमला श्रीस मगरले रु १० हजार र ताकम धारापानीका अर्जुन थापाले रु ४ हजार गरेको सहयोग पनि पिडित पुनलाई हस्तान्तरण गरेको छ ।
घरपरिवारको आर्थिक अबस्था कमजोर रहेका पुनको उपचारका लागि अहिले विभिन्न क्षेत्रबाट सहयोग जुट्न थालेको छ । यस अगाडि पनि विभिन्न क्षेत्रबाट पुनको उपचारका लागि सहयोग प्राप्त भएको जनाएको छ ।
यसैगरी पुनको उपचारका लागि बिम घर भई हाल जापानमा कार्यरत सालीन बिक र उहाँकी श्रीमती निशाले पचास हजार रुपैयाँ समेत सहयोग गर्नुभएको थियो ।
उपचारमा लाखौँ खर्च लाग्ने भएपछि अहिले काठमाण्डौमा रहेका पुस्कर विकको संयोजकत्वमा सहयोग संकलन समिति गठन गरि स्वदेश तथा विदेशमा रहेका नेपालीहरुबाट आर्थिक संकलन जुटाउन थालिएको छ ।
‘‘पुनको पारिवारिक अवस्था नाजुक छ, सबै मिलेर सहयोग जुटाउन सके पुनलाई नयाँ जिवन दिन सकिन्छ भनेर लागिपरेका छौँ, संयोजक विकले भन्नुभयो – यस अयिभानमा सबैक्षेत्रबाट सहयोगको अपेक्षा गरेका छौँ ।’’