मोटी नायिकाको बढ्दो माग

काठमाडौ । भोजपुरी फिल्महरुमा यतिखेर पुष्ट बक्षस्थल तथा मोटो न मोटो थाइ भएका नायिकाहरुको निक्कै माग हुने गरेको छ । जसको कारण भोजपुरी फिल्म खेलेर नाम तथा दाम कमाउन चाहने कतिपय नेपाली नायिकाहरु पनि अचेल स्लीम हुन छाड्ेर मोटाउन थालेका छन् । कुनै बेला ज्यान मोटो भयो भनेर ज्यादै कसरत गरिरहने तिनै नायिकाहरु रातारात ज्यान मोटाउनतिर लागेको पाइन्छ ।
यो वर्ष दुई वटा भोजपुरी फिल्ममा साइन गरिसकेकी पारु गोैतमले छाति र पेट बढाउनको लागि एक प्रकारको बेग्लै कसरत समेत गरेको खुलासा गरेकी छन् । भोजपुरी फिल्मको नायिकाको अदा यानी सेक्स अपिल छाति तथा पेटमा नै बढी हुने भएको कारणले पनि त्यसतर्फ बढी जोड दिएको उनले भनेकी छन् ।
भारतको विहार लगायतका भारतीय प्रान्त तथा नेपालका तराई बेल्टमा भोजपुरी फिल्मकै बोलवाला रहेको छ । भोजपुरी फिल्म हेर्न भारतीय तथा तराईका नेपालीहरु मरिहत्ते गर्नुको पछाडि गीतमा बढी छेडछाड हुने मात्र नभइकन उत्तेजक कामुक दृश्य हुनु पनि हो । प्रत्येक भोजपुरी फिल्मका गीतमा दर्शक सिटृी तथा थप्पडी वजाउनमा रमाउने गर्दछन् ।
त्यसमाथि, भोजपुरी फिल्मका कतिपय कलाकार फिल्मको प्रमोशनको लागि हलमा पुग्दा उनीहरुलाई अण्डा तथा गोलभेडाले हान्ने नियमित परम्परा भैसकेको छ । त्यसरी अण्डा तथा गोलभेडा हान्ने दर्शक सवैको आकर्षणको केन्द्र रहने गरेको छ । दर्शकको भीडवाट तिनै हिरो हुने भएकोले त्यसप्रकारको हरकत गर्नमा उनीहरु वीच प्रतिस्पर्धा नै चल्ने गरेको छ ।
त्यसको प्रत्यक्ष अनुभव यसअघि दुईचार वटा भोजपुरी फिल्मको प्रमोशनको क्रममा भारतको विहार लगायतका स्थानमा पुग्दा नायिका गौतमले लिइसकेकी छन् । पहिला त्यसप्रकारको हरकत हुदा अस्वभाविक लागेको र पछि त्यहाँको माहोल तथा परम्परा बुझेपछि स्वभाविक लाग्न गएको तथ्यलाई पनि उनले वताएकी छन् । उनी भन्छिन्–गोलभेडा तथा अण्डाले हानेर एकप्रकारले कलाकारको सम्मान गरेको पनि त्यहाँ भन्ने गरिएको छ । त्यसलाई त्यहाँ प्रचलनकै रुपमा लिइने गरेको छ । जसलाई नचाहेरै भएपनि स्वभाविक रुपमा हामीले लिनुपर्दछ ।
अर्कोतर्फ नेपाली फिल्मको तुलनामा भोजपुरी फिल्मको वजार व्यापक हुनु तथा पारिश्रमिक पनि तीन गुणा बढी पाउने भएको कारणले गर्दा पारु गौतम मात्र नभइकन चल्तीका नायिका झरना थापा, निरुता सिंहहरु समेत त्यसतर्फ आकर्षित वन्ने गरेका छन् नेपाली फिल्ममा ४ लाखसम्म पारिश्रमिक लिइसकेका चल्तीका नायक बिराज भटृ पनि भोजपुरी फिल्म भनेपछि आँखा चिम्लेर खेल्न पुग्छन् । बिराजले भोजपुरी फिल्मवाट ७ लाखसम्म पारिश्रमिक लिने गरेको खुलासा भएको छ । नेपाली फिल्ममा अति व्यस्त वनेर अभिनय गरिरहेको त्यो समयमा पनि भोजपुरी फिल्ममा नाम तथा दाम दुवै भएको र पाएसम्म आफू भोजपुरी फिल्म खेल्न लालायित भएको वताउने नायक निखिल उप्रेतीको हाल रोजीरोटीको माध्यम नै भोजपुरी फिल्म भएको छ।
दमन रुपाखेतीको लामो भागको हांस्य सिरियल झ्याइँकुटी–झ्याइँवाट निक्कै चर्चामा आएकी लब्ली यानी संगम राई पनि भोजपुरी फिल्मकी पुरानी नायिका हुन्। भोजपुरी फिल्ममा लब्ली संगमको हाल पनि डिमाण्ड रहेको छ । भोजपुरी फिल्म खेल्न अलि बढी नै मोटाउनु पर्ने भएको कारणले कहिलेकाही जीउलाई रवर तन्काएजस्तो तन्काउनु पर्ने बाँध्यताबाट उनी हैरान बनेकी छन् । सोही हैरानीको कारण एक भोजपुरी फिल्ममा अभिनय गरिसकेकी गीतकार समेत रहेकी नायिका जया ओझाले त्यसप्रकारको फिल्म नै खेल्न छाड्ेकी छन् । नेपाली फिल्मको कथा–पटकथा तथा संवाद लेख्नमा नै हाल उनी व्यस्त वनिरहेकी छन् ।
भोजपुरी फिल्मको नाम तथा दामको कारण स्लीम शरीरलाई चाहिने भन्दा बढी मोटाउनमा व्यस्त पारु गौतम फिल्म खेल्ने केही महिना मात्र मोटाउने त हो । त्यसपछि पहिलाकै जिरो फिगर वनाउन आफूले जानिसकेको कारणले खासै फरक नपर्ने भन्छिन् । तरपनि, चाहिने भन्दा बढी मोटाउदा आफ्नो शरीर हेरेर आफैलाई लाज लाग्ने गरेको यथार्थता पनि उनले वताउन चुकिनन् ।
प्रकाशन मिति–२०७३ साल असोज २० गते विहीवार ।