बंगलादेशलाई हराउँदै इंग्ल्यान्डलाई वान डे सिरिज

काठमाडौँ । बेन डकेट र साम बिलिङ्सले अर्धशतक प्रहार गरेपछि इंग्ल्यान्डले तेस्रो तथा अन्तिम वान डेमा बंगलादेशलाई चार विकेटले हरायो र वान डे सिरिज आफ्नो पक्षमा पार्यो । लेग स्पिनर अदिल रसिदको व्यक्तिगत उत्कृष्ट ४३ रनमा चार विकेटको प्रदर्शनपछि बंगलादेशले ६ विकेटमा २ सय ७७ रन बनाएर चुनौतीपूर्ण लक्ष्य तेर्साएको थियो । इंग्ल्यान्डले त्यसलाई ६ विकेट गुमाएर ४७।५ ओभरमा पूरा गर्यो ।
डेकटले सर्वाधिक ६३ रन बनाए । सिरिजमा यो उनको दोस्रो अर्धशतक हो । यससँगै घरमा बंगलादेशको लगातार ६ वान डे सिरिज जितको यात्रामा पनि टुंगो लागेको छ । सन् २०१४ को नोभेम्बरबाट यो क्रम सुरु भएको थियो । सिरिजमा पहिलो खेल खेलिरहेका बिलिङ्सले भने ६९ बलमा ६२ रन बनाए । इंग्ल्यान्डले लगातार दुई दिनको वर्षा कारण छोपिएको पिचमा अहिले हौसला बढाउने जित निकालेको हो ।
घाइते जेसन रोयको स्थानमा मौका पाएका बिलिङ्सले पहिलो विकेटका लागि ३२ रन बाएका जेम्स भिन्ससँग ६३ रनको ठोस साझेदारी गरे । त्यसपछि उनले डकेटसँग थप ६४ रनको साझेदारी गरे र आफ्नो टिमका लागि जितको आधार तयार पारे । स्पिनर नासिर हुसनेले भिन्सलाई एलबीडब्लू आउट पारे । लगत्तै मोसाडेक हुसेनले बिलिङ्सको पनि विकेट लिए । उनले चार चौका र एक छक्का प्रहार गरे ।
पेसम्यान सइफुल इस्लामले १५ रन बनाएका जोनी बियरस्ट्र र डकेटको विकेट लिए । डकेटले भने ६८ बल खेलेर चार चौका र एक छक्का प्रहार गरे । इंग्ल्यान्डले लगातार विकेट गुमाएपछि बंगलादेश केही बेरका लागि खेलमा फर्कन सफल भएका थिए । कप्तान जस बटरल मसरफ मोर्टाजा र मोइन अलि महमुदुल्लाहको बलमा आउट भएपछि इंग्ल्यान्डमाथि माथि चर्को दबाब सिर्जना भएको थियो ।
‘यस स्थितिमा हामीले आफ्नो शारीरिक र मानसिक सुदृढता देखायौं,’ बटलरले भने । बेन स्टोकले ४७ नटआउट र क्रिस वाक्सले २७ नटआउट रन बनाएर इंग्ल्यान्डलाई जिततर्फ अग्रसर गराए । यसअघि घरेलु टिमका लागि मसफकिर रहिमले सर्वाधिक ६७ रन बनाएर र नटआउट रहे । यस्तै सबिर रहमानले ४९, कयसेले ४६, इक्बालले ४८ र मासाडेकले ३८ नटआउट रन बनाए ।
असोज २८ गते ।