हलिउडमा जेनिफर लोपेजको बराबरीमा प्रियंका चोपडा

jenifer-lopez-with-priyanka-chopada-1
अमेरिकाको चर्चित म्यागाजिन भेराइटीले हलिउडकी नायिका तथा गायिका ४७ बर्षिया जेनिफर लोपेज र बलिउडवाट डेढ बर्षअगाडि मात्र हलिउड छिरेकी भारतीय नायिका प्रियंका चोपडालाई हलिउडका शक्तिशाली महिलामा सूचिकृत गरेको छ। यस हिसावले दुवै वीच प्रत्यक्ष तथा अप्रत्यक्ष रुपमा टक्कर पनि चल्ने थालेको अन्तरराष्ट्रिय समाचार माध्यमहरुले जनाएको छ।

यसैवीच ती समाचार माध्यमहरुका अनुसार नायिका तथा गायिका जेनिफर लोपेजका हालै रिलिज भएका गीति एल्वम तथा फिल्म दुवै हिट भएका छन्। अत्यन्त कामुक नायिका तथा गायिका लोपेज हलिउडको शक्तिशाली महिलामा पनि गनिएकी छन्। जेनिफरका गीतले बिलबोर्डमा समेत पहिलो स्थान पाउन सफलता पाएपछि उनी अभिनयमा भन्दा बढी संगीततर्फ लागेकी हुन्। पछिल्लो फिफा वल्र्ड कपको अफिसियली गीत पिटबुलसङ्ग गाएकी जेनिफर सर्वकालिन बेस्ट सेली आर्टिष्टमा समेत सूचिकृत भएकी छन्।

जेनिफरले अभिनय र संगीतमार्फत थुप्रै फ्यान फ्लोर कमाउन सफलता पाएकी छन्। प्रियंका चोपडा पनि संगीतको माध्यमवाटै हलिउड छिरेकी हुन्। हलिउडको टीभी सिरिज क्वान्टीकोमा जासुुसको मुख्य भूमिका गरेपछि प्रियंका चोपडा निक्कै चर्चामा आएकी छन्। जसवाट एक–डेढ बर्षभित्र नै प्रियंका चोपडाले हलिउड नायिकाहरुलाई पनि टक्कर दिन सफलता प्राप्त गरेकी छन्। बेवाचवाट हलिउडमा डेब्यु गर्दैगरेकी प्रियंका चोपडा र जेनिफर लोपेज पावर अफ वुमन इम्प्याक्ट शीर्षकको सूचीमा एकसाथ परेकी छन्। जेनिफर र प्रियंका हलिउडका शक्तिशाली महिला बनेका छन्। दुवैवीच टक्कर पनि चल्न थालेका छन्।

jenifer-lopez-with-priyanka-chopada
प्रकाशन मिति–२०७३ साल कात्तिक १ गते सोमवार