छक्का–पञ्जाको व्यापार १३ करोड

chhakka-panja

काठमाडौ। नेपाली चलचित्र प्रदर्शनमा आएको गिरावटको साखलाई यो बर्ष दशैंअगाडि रिलिज भएको चलचित्र छक्का–पञ्जाले कीर्तिमान कायम गरेर रेकर्ड राख्न सफलता पाएको छ। रिलिजको छैठौ हप्तामा प्रवेश गरिसकेको चलचित्र छक्का–पञ्जाको ३७ दिनको व्यापारमा १३ करोड कलेक्सन गरिसकेको छ।

नेपाली चलचित्र प्रदर्शनको व्यापारमा दुई बर्षयताको यो व्यापार सर्वाधिक मानिएको छ। दुई बर्षअगाडि स्वर्गवासी नायक श्रीकृष्ण श्रेष्ठको चलचित्र कोहिनूरले १० करोडको व्यापार गरेको थियो। कोहिनूरको व्यापारलाई ब्रेक गरेर अगाडि बढ्न चलचित्र छक्का–पञ्जाले सफलता पाएको छ।

चलचित्र छक्का–पञ्जा आफैमा उत्कृष्ट चलचित्र भएको कारणले गर्दा यो चलचित्र हेर्न दर्शकहरु मारामार गरिरहेका छन्। दीपाश्री निरौलाको निर्देशन रहेको यस चलचित्रमा दीपकराज गिरी, प्रियंका कार्की, केदार घिमिरे, बर्षा राउत, जीतु नेपाल, शिवहरि पौड्याल, बुद्धि तामाङ्ग हैट लगायतका कलाकारहरुको मन छुने अभिनय रहेको छ।

deepa-deepak
प्रकाशन मिति–२०७३ साल कात्तिक ३ गते बुधवार ।