नेपाल र भारतको लगानीमा पैसा बन्ने

काठमाडौ। नेपाल र भारतको संयुक्त निर्माणमा चलचित्र बन्ने भएको छ। बलिउडमा अमिताभ बच्चन अभिनित हिट फिल्म भूतनाथको निर्देशन गरेका निर्देशक विवेक शर्माले नेपालका चलचित्र निर्माता रोज राणासँग मिलेर नेपाली र हिन्दीभाषामा चलचित्र बनाउने भएका छन्।
चलचित्रको नाम नेपालीमा मेरो पैसा खै र हिन्दीमा मेरे पैसे कहाँ है राखिएको जानकारी नेपाली निर्माता रोज राणाले बताएका छन्। इन्डो नेपाल प्रोडक्सनमा निर्माण हुने यस कमेडी फिल्ममा सञ्जय मिश्रा, राजपाल यादव, विजय राज लगायतका भारतीय कलाकारहरु छनौट भैसकेका छन्।
नेपालवाट नेपाली कलाकारहरुको चयन गर्न वाँकी रहेको निर्माता रोज राणाले भनेका छन्। विशेष भूमिकामा नेपालवाट निर्माता राणा पनि देखिने धेरै संभावना रहेको छ। यद्यपि, फिक्स भने भैसकेका छैनन्।
यही आउने पुष महिनावाट नेपाल र भारतका विभिन्न स्थानवाट छायाँकन प्रारम्भ हुने बताइएको यस चलचित्रलाई फ्रेन्च, जर्मन, अंग्रेजी, तामिल लगायतका ११ भाषामा पनि डविङ्ग गरेर रिलिज गरिने जानकारी पनि निर्माता राणाले दिएका छन्।
प्रकाशन मिति–२०७३ साल कात्तिक ५ गते शुक्रबार ।