बाउ र छोरीको गायनमा जात्रा–पर्वको भिडियो ( with Music Video)

काठमाडौ। प्रसिद्ध नेपाली उस्ताद कृष्णभक्त महर्जन र उनको एक मात्र नेपाली छोरी गायिका सोनम महर्जनको गायन रहेको नेपालभाषाको गीत रिलिज भएको छ। बाउ–छोरी दुवैले गाएको युगल गीत द्येयेके वम्ह मयजु बोलको नेपालभाषाको गीत हाल चर्चाको विषय बन्न थालेको छ। यस गीतको शव्द तथा संगीत स्वयम् गायक उस्ताद महर्जनको रहेको छ। म्युजिक एरेन्ज हरिशरण सायमीले गरेका छन्।

krishna-bhakta-maharjan-hongkong-2

यस गीतको म्युजिक भिडियो पनि अत्यन्त आकर्षक देखिएको छ। नेपालमा मनाइने गरेका प्राय सांस्कृतिक पर्वहरुको झल्को समेत यस भिडियोमा हेर्न पाइने भएवाट गैरनेपालभाषी दर्शकहरु समेत यस भिडियो हेर्न आकर्षित बनेको उस्ताद महर्जनले भनेका छन्। भिडियोमा दुई मोडल भिन्तुना जोशी र सुरेन्द्र महर्जनका साथमा दर्जनौ डान्सरहरुको परम्परागत पहिरनमा आधुनिक नृत्य रहेको छ।

हंगकंगमा नेपालका उस्ताद कृष्णभक्त महर्जन गायिका छोरी सोनम महर्जनका साथमा ।
हंगकंगमा नेपालका उस्ताद कृष्णभक्त महर्जन गायिका छोरी सोनम महर्जनका साथमा ।

विशेषत भक्तपुर दरबार स्क्वायरका चित्ताकर्षक स्थानहरुमा छायाँकन गरिएको नृत्य निक्कै नै राम्रो पाइएको छ। काठमाडौ उपत्यकाका विभिन्न स्थानका जात्रा पर्वलाई भिडियोमा समेटिनु यस गीतको भिडियोको विशेषता देखिएको छ। 

Krishna Bhakta Maharjan & Sonam Maharjan’s dassing Nepal Bhasha Music Video.

प्रकाशन मिति–२०७३ साल कात्तिक ९ गते मंगलवार ।