विश्वकप फुटबलको ट्रफी निर्माता गाजानिगाको निधन

maitrinews

 

इटली । विश्व कप फुटबलको ट्रफीका निर्माता सिल्भियो गाजानिगाको निधन भएको छ । विश्वकप फुटबलको ट्रफीको डिजाइन र निमार्ण गरेका गाजानिगाको ९५ वर्षको उमेमरमा इटालीको मिलानमा आफ्नै निवासमा निधन भएको हो । मिस्टर कपको रुपमा चिनिने गाजानिगाले युइएफए कप तथा युइएफए सुपर कपको ट्रफीको समेत डिजाइन गरेका छन् ।
गाजानिगाले सन् १९७० मा ब्राजिलले तेस्रो पटक उपाधि जितेर जुलेस रिमेट कप राख्न पाउने अधिकार पाएपछि अहिले रहेको ६ किलोको विश्व कप ट्रफी बनाएका हुन् । फिफाले नयाँ ट्रफीका लागि ५३ वटा प्रस्ताव पाएकोमा गाजानिगाले बनाएको दुई खेलाडीले पृथ्वी उचालेको ट्रफीको डिजाइन छनौट भएको थियो । ट्रफीको तस्बिरको अधिकार फिफाले लिएको छ । तर यसले गर्दा गाजानिगाले अरु विभिन्न सम्मानित ट्रफी बनाउने अवसर पाएका छन् ।