थाइल्याण्डमा मनिषा कोइरालाको मस्ती

काठमाडौ। बलिउडकी नेपाली अभिनेत्री मनिषा कोइराला पाठेघर क्यान्सरको सफल उपचार पश्चात बलिउडमा केही समययता कमव्याँक बनेकी छन्।
पूर्ववत रुपमा बलिउडका फिल्महरुमा व्यस्त बन्न थालेकी अभिनेत्री कोइराला मूडफ्रेस गर्न केही दिनअघि थाइल्याण्ड पुगेकी छन् त्यहाँको सामुद्रिक किनारमा साथीहरुसंग स्वीमिङ्ग स्वीटमा रमाइलो गरेकी छन्।
कामै कामवाट वाक्क बनेपछि अभिनेत्री कोइराला दूर देश गएर रमाइलो गर्ने गर्छिन्। यस क्रममा थाइल्याण्ड पुगेकी कोइराला पहिला भन्दा निक्कै फ्रेस देखिएकी छन्।
प्रकाशन मिति–२०७३ साल कात्तिक २३ गते मंगलवार ।