पोखरमा अत्याधुनिक नाटकघर बनाइने
![x]lnsK6/af6 z’qmaf/ b]lvPsf] kf]v/f ;x/sf] b[Zo . tl:a/ M k](https://maitrinews.com/wp-content/uploads/2018/09/pokhara-2.jpg)
साहित्य, कला, संस्कृति र संगीतको उर्वरभूमी पोखरा । कुनै जमानामा नाटकका लागि पनि समृद्ध यस सहरमा नाट्य गतिविधि र नाटकहरूको चर्चा परिचर्चा हुन्थ्यो । तर, झन्डै दुई दशकयता नाटकका गतिविधि शून्यजस्तै हुन पुग्यो । केही समययता पोखरेली युवा नाटकप्रति सक्रिय बन्दै गएका छन् । नाटक लेखन, उत्पादन, मञ्चन र प्रदर्शनमा पनि युवा जुटेका छन् ।
तर, नाटक देखाउन उपयुक्त एउटै हल पोखरामा छैन । यसैलाई मध्यनजर राख्दै युथ क्रिएसन थिएटर पोखराले आर्थिक सहयोग जुटाएर अत्याधुनिक नाटक घर बनाइरहेको छ । ‘प्रतिवर्ष एक लाख रुपैयाँ जग्गाको भाडा तिर्ने गरी नागढुंगामा नाटकघर निर्माण गरिरहेका छांै,’ निर्माण समितिका संयोजक सौगात पोखरेलले भने, ‘करिब ३० लाख रुपैयाँको योजना हो । अहिलेसम्म ६ लाख रुपैयाँ उठेको र साढे ९ लाख रुपैयाँ खर्च भइसकेको छ ।’
दुई सय दर्शक अट्ने नाटकघरको अहिले जग उठाएर भुइँतलाको भाग ढलान भइसकेको र अब गारो ९भित्ता० लगाएर छाइने उनले बताए ।
नाटक देखाउन उपयुक्त एउटै हल नभएपछि सामाजिक सञ्जाल लगायत माध्ययमबाट आर्थिक सहयोग संकलन अभियान थालेर नाटक घरको पनि निर्माण थालिएको थिएटरका अध्यक्ष कपिल शर्माले बताए । अहिलेसम्म सभागृह र पोखरा उद्योग वाणिज्य संघको हल प्रयोग गरिएकोमा साउन्ड प्रुफ र लाइटको पनि राम्रो व्यवस्था नभएकाले नाट्यकर्मीले समस्या झेल्दै आएका थिए । ‘नाटकघर अत्याधुनिक लाइटयुक्त र साउन्ड प्रुफ पनि हुनेछ,’ उनले भने, ‘घर बनिसकेपछि दर्शक र नाट्यकर्मी कलाकार सबैलाई सहजता हुनेछ ।’
नाटकघर बनेपछि वर्षमा कम्तीमा ६ नाटक उत्पादन, मञ्चन र प्रदर्शन गर्न सकिने क्षमता राख्ने थिएटरले जनाएको छ । मंसिरभित्र भौतिक निर्माणको काम सकेर उपकरण जडान गरी माघ पहिलो साता उद्घाटन गर्ने लक्ष्य रहेको पोखरेलले बताए ।