एक वर्षअघि बेपत्ता अल्ट्रालाइट विमानको भग्नावशेष फेला

 

पोखरा । एकजना पाइलटसहित एक पर्यटक लिएर उडेपछि वर्ष दिनदेखि बेपत्ता अल्ट्रालाइट विमानको दुर्घटनास्थल फेला परेको छ ।

पोखरा विमानस्थलबाट उडेको पोखरा अल्ट्रालाइट कम्पनीको नाइन–एनएएलआइ कल साइनको जहाज क्षतिग्रस्त, पाइलट र पर्यटकका हाडखोर फेला परेको सशस्त्र प्रहरीका एसएसपी कृष्णभक्त ब्रम्हचार्यले जानकारी दिनुभयो । दुर्घटनास्थल कास्कीको माछापुच्छ्रे गाविसको ११ हजार नौ सय ५१ फीटको उचाइमा पुगेर सुरक्षाकर्मीको टोलीले आइतबार पाइलट र पर्यटकका अस्थिपञ्जर बटुलेर पोखरा ल्याएका छन् ।
अल्ट्रालाइट कम्पनीले दुर्घटनास्थलका बारेमा बताएपछि तत्काल प्रहरीको टोली त्यहाँ पुगेको थियो ।

पोखरा विमानस्थलबाट २०७२ असोज २१ विहान १० बजेर ३५ बजे उडेको जहाजमा अल्ट्रलाइटमा दक्षिण अफ्रीकी नागरिक आइडी नम्बर ५६१२३००२१०८२ की ४० वर्षीया एलिजाबेथ वेल र चालक रुसी नागरिक पासपोर्ट नम्बर ७१५७४६०८ का ६० वर्षका भ्यालरी बुटिन थिए ।