इन्डोनेसियमा शक्तिशाली भूकम्प, थुप्रै घर क्षतिग्रस्त

जाकर्ता । इण्डोनेसियाको बाली र पूर्वी जाभा क्षेत्रमा शक्तिशाली भूकम्पका कारण दर्जनौ घरहरुमा क्षति पुगेको बताइएको छ ।
अहिलेसम्म दर्जनौँ घरमा क्षति भएको विवरणहरु आएको इण्डोनेसियाको प्रकोप नियन्त्रण सम्वन्धी निकायले जनाएको छ । घटनामा परी कसैको मृत्यु भएको खवर यो समाचार तयार पार्ने समयसमम नआएको पनि सो निकायले बताएको छ ।
दक्षिणपूर्वी मलाङ्गलाई केन्द्र विन्दु बनाएर ६९ किलोमिटर गहिराईबाट ६।२ म्याग्नीच्युडको भूकम्प आएको राष्ट्रिय मौसम विज्ञान भूगर्भ विभागले जनाएको छ ।
भूकम्पका कारण कुनै सुनामी अउनसक्ने सम्भावना नदेखिए पनि बाली र पूर्वी जाभा क्षेत्रमा सतर्क रहन अधिकारीहरु आग्रह गरेका छन् ।
इण्डोनेसियाको बालीमा हरेक महिना करिव २ लाख विदेशीहरु विदा मनाउनका लागि आउने गर्दछन् ।