सांसदहरुको तलव भत्ता सुविधमा दोब्बर बृद्धि,सर्वत्र विरोध र आलोचना

 

काठमाडौँ । व्यवस्थापिका संसद्ले सांसद्हरुको तलब, सुविधामा दोब्बर वृद्धि गर्नेसम्बन्धी विधेयक बहुमतले पारित गरेको छ।
राष्ट्रपतिबाट अब उक्त विधेयक प्रमाणीकर भएसँगै सांसद्हरुको तलब, सुविधामा भारी वृद्धि हुनेछ।
प्रमुख दलहरुको तर्फबाट विधेयकमा संशोधन प्रस्ताव हालेका सत्तारुढ नेपाली कांग्रेसका प्रमुख सचेतक चीनकाजी श्रेष्ठले संसद्का बहुमत सदस्यहरुको भावनालाई दृष्टिगत गरी तलब, सुविधामा वृद्धि गर्नेबारे आफूहरु टुंगोमा पुगेको दाबी गर्नुभयो।
महत्वपूर्ण ठानिएको अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रमुख आयुक्त लोकमान सिंह कार्कीविरुद्धको महाअभियोग प्रस्तावमाथिको छलफललाई केही समय थाँती राखेर सांसद्हरुको तलब, सुविधामा वृद्धि गर्नेसम्बन्धी विधेयक पारित गरिएको थियो।
आफ्नो तलब सुविधा आफै बृद्धि गर्ने सांसदहरुको यो कदमको सर्वत्र विरोध र आलोचना भएको छ ।