विकासका लािग ‘प्रोजेक्ट बैंक’ को अवधारणा

काठमाडौ । ठूला र राष्ट्रिय प्राथमिकताप्राप्त आयोजनाको सफल कार्यान्वयनकालागि प्रोजेक्ट वैंकको अवधारणा अगाडि सारिने भएको छ । विकास राज्यको प्राथमिकतामा नपरेको भन्दै संसदको विकास समितिले यस्तो अवधारणा अगाडि सारेको हो ।
समितिका सभापति रवीन्द्र अधिकारीले सरकारले विकासका ठुला आयोजनालाई प्राथमिकताकासाथ अगाडि बढाउन नसकेको भन्दै ठूला र राष्ट्रिय महत्वप्राप्त आयोजनाहरुलाई अभियानकैरुपमा अगाडि बढाउनकालागि प्रोजेक्ट वैंकको अवधारणा अगाडि ल्याइएको वताए । समितिले सरकारलाई विकास अयाोजना महत्वकासाथ अगाडि बढाउन पटक पटक निर्देशन दिएको भएपनि सरकारले त्यसलाई प्राथमिकता नदिएकोले त्यसता आयोजना अगाडि बढाउन छुट्टै संयन्त्र र अवधारणको खाँचो परेको उनको ठम्याई छ ।
ठूला आयोजना अगाडि बढाउने उद्धेश्यले स्थापना भएको लगानी वोर्डले यो अवधारणालाइ कार्यान्वयनमा लैजानुपर्ने निश्कर्ष समितिको छ । ‘यही अवधारणा अनुरुप समितिले लगानी बोर्डलाई देश विकासको गतिलाई अगाडी बढाउने खालका आयोजन समावेश गरेर प्रोजेक्ट बैंक बनाउन निर्देशन दिएको हो,’ सभापति अधिकारीले भने । समितिको वुधबारको वैठकमा त्यसमा रहने आयोजनाको प्राथमिकता हेरी क्रमिकरुपमा लगानीको प्रबन्ध गर्ने गरी काम गर्न पनि वोर्डलाई निर्देशन दिएइको छ ।
बोर्डका प्रमूख कार्यकारी अधिकृत महाप्रसाद अधिकारीले पूर्वाधार विकासका लागि आवश्यक पर्ने लगानीको प्रबन्ध, कार्यप्रगति, परियोजनाको हालको अवस्था, बोर्डको क्रियाशीलता, भावी कार्ययोजना तथा रणनीति एव्म समस्या र चुनौतीका बारेमा समितिलाई जानकारी गराए ।