जनमत संग्रहमा पराजित भएपछि इटालीका प्रधानमन्त्री रेन्त्सीव्दारा राजीनामा

रोम । इटलीका प्रधानमन्त्री माटेओ रेन्त्सीले पदबाट राजीनामा दिनुभएको छ । ।
संवैधानिक सुधारबारे आइतबार भएको जनमत संग्रहमा आफ्नो हार स्वीकार्दै उहाँले प्रधानमन्त्री पदबाट राजीनामा दिनुभएको हो।
तल्लो सदनले पारित गरेको विधेयकलाई अस्वीकार गर्नसक्ने गरी सिनेटको अधिकार घटाउन उहाँले राखेको प्रस्ताव फराकिलो अन्तरले पराजित भएको थियो।
रेन्त्सीले संवैधानिक सुधारबारे प्रस्ताव अघि बढाउँदै जोखिम मोल्नुभयो र अन्तत पराजित हुनुभयो।
उहाँको देशका मतदाताहरुले जनमत संग्रहमार्फत आफूहरुलाई संवैधानिक सुधार नचाहिएको भन्ने निर्णायक जवाफ दिए।
उहाँकै पार्टीका कैयौं नेतासहित विपक्षीहरुले त्यस्तो प्रस्तावको विरोध गरेका थिए।